डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी « Khabarhub

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिंह खड्का र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर (साउद) निर्वाचित भएका छन् ।

२५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी भएको हो । नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गरेका छन् ।

नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेकाका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउदले एक हजार ९८३ मत प्राप्त गरेका छन् ।

राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बनेका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : ३१ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा