नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडा भ्रमण गर्ने « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडा भ्रमण गर्ने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोहि स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण गर्न लागेको हो।

नेपालले क्यानडामा घरेलु टिमविरुद्ध पहिले ट्वान्टी २० शृंखला खेल्नेछ। नेपालले जुन २८ मा पहिलो ट्वान्टी २० खेल खेल्नेछ। यस्तै, नेपालले जुन २९ मा दोस्रो खेल खेल्नेछ।

नेपालले जुलाई चारमा एकदिवसीय शृंखलाको पहिलो खेल खेल्नेछ। यस्तै, जुलाई पाँचमा नेपालले दोस्रो एकदिवसीय खेल खेल्नेछ।

लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमले घरेलु टिमसहित ओमान सहभागी रहेको त्रिदेशीय शृंखला खेलेको थियो। शृंखलाको चार खेलमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित निकालेको थियो। यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया