कलेजो बिग्रने समस्या र प्रत्यारोपण विधि | Khabarhub Khabarhub

कलेजो बिग्रने समस्या र प्रत्यारोपण विधि



पछिल्लो समय कलेजोमा धेरै खालका समस्या देखिने गरेका छन् । केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही व्यक्तिको जीवनशैलीले पनि निम्त्याउने गर्दछ । कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा विधिद्धारा उपचार गर्ने गरिन्छ । कलेजोको क्यान्सर र सिस्टहरुलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सिरोसिस भनिन्छ । सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो ।

नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणहरुः
– अत्यधिक मद्यपान गर्नु
– हेपाटाइटिस बी रोग लाग्नु
– कलेजोमा बोसो जम्नु

कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन । कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन् । तीमध्ये हेपाटाइटिस बी को संक्रमण पनि एक हो ।

त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ ।

कलेजो प्रत्यारोपण भनेको के हो ?
सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलेजो चाहिएको हो । त्यो व्यक्तिको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ । त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ । यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ ।

कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय
लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ । दिने व्यक्तिको शल्यक्रिया पनि लगभग जटिल नै हुन्छ । त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आइसियुमा राख्नुपर्ने हुन्छ ।

कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि छ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ । कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ । दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ ।

कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आइसियुमा राखिन्छ । आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । यसरी डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु
– सबैभन्दा बढी संक्रमण हुनबाट बच्ने ।
– अस्पताल गएर नियमित जाँच गराउने ।
– मद्यपान र धूम्रपानबाट टाढा बस्ने ।
– चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने ।
– सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने ।
– बाहिर निस्किँदा मास्क प्रयोग गर्ने ।
– भिडभाडमा नजाने ।
– घरमै पनि सावधानीपूर्वक बस्ने ।
– रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने ।
– खानपिनमा धेरै ख्याल गर्ने ।
– औषधीको जथाभावी प्रयोग नगर्ने ।
– शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने ।

(त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा.रमेशसिंह भण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

https://www.facebook.com/watch/?v=1084010049101924

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ३५ बजे

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका

कसरी सम्भव भयो युद्धविराम ? भारत–पाक मिलाउने ट्रम्प कि ओली ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे ।