एसपीपीको नाममा आएको १० बुँदे सार्वजनिक दस्तावेज झुट हो– प्रधानसेनापति शर्मा | Khabarhub Khabarhub

एसपीपीको नाममा आएको १० बुँदे सार्वजनिक दस्तावेज झुट हो– प्रधानसेनापति शर्मा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपीपी) का बारेमा कुनै पत्र नआएको बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाड्ने प्रयासले बाहिर आएकोसमेत बताएका छन् । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रममा पनि नभएको उनको भनाइ छ ।

अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिका टिप्पणी भइरहेको बेला प्रधानसेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपूर्ण भएको पनि बताएका छन् । ‘अहिले जुन १० बुँदे फरम्याट बाहिर आएको छ, त्यो आएको नै होइन, यो त हाम्रो एकता नचाहनेले यस्तो गरेको हुन सक्छ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले बैठकमा भने, ‘ढुक्क हुनुहोस्, नेपाली सेनाले कदापि नेपाली जनताको भावना विपरीत कुनै पनि काम गर्दैन ।’

प्रधानसेनापति राणाले सैन्य गठबन्धनसहितको एसपीपी सहमति नेपाली सेनालाई कुनै पनि हालतमा मान्य नभएको बताए । ‘त्यस्तो एसपीपी कुनै पनि हालतमा हाम्रो लागि मान्य छैन,’ शर्माले बैठकमा भने । यसअघि विपद् व्यवस्थापनमा सो सहमति गरिएको भए पनि सैन्य गठबन्धनका बारेमा त्यस्तो सहमति नहुने उनको भनाइ छ ।

प्रधानसेनापति राणाले अमेरिकन भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर कार्यक्रम नभएको पनि जनाएका छन् । ‘मेरो अमेरिका भ्रमणमा कुनै पनि कुराको सिग्नेचर गर्ने कार्यक्रम छैन, त्यसमा अमेरिकाले पनि भनेको छैन, यो मैत्रीपूर्ण भ्रमण हो, यसबाट सशंकित हुनुपर्ने नै छैन,’ उनको भनाइ छ ।

प्रधानसेनापति शर्मा शनिबार लेवनान जाने र त्यसको एक हप्तापछि मात्र अमेरिका जानेछन् भने सो बीचमा उनले सिरियामा कार्यरत नेपालका शान्ति सेनासँग भेटघाट गर्नेछन् । ‘म भोलि लेवनान जाँदै छु, त्यसको दुई दिनपछि सिरिया र त्यहिँबाट एक हप्तापछि अमेरिकाको भ्रमण गर्न लागेको छु, यो भ्रमणमा केही हस्ताक्षर हुनेवाला छैन,’ प्रधानसेनापति शर्माले भने ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ११ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक