सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्न भीम रावलको सुझाव « Khabarhub

सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्न भीम रावलको सुझाव


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।

‘परराष्ट्र मन्त्रीले एसपीपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ ? अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’ रावलले प्रश्न गर्दै भने, ‘त्यसैले अमेरिकालाई पत्र पठाएर नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन, यो अस्वीकार्य छ भनेर पत्र लेख्नुहोस् ।’

‘एसपीपी कार्यक्रममा ‘केही देश’सँग सशक्त रुपमा लड्नुपर्छ भनेर भनेको छ, यस्तो प्रस्ताव कहाँबाट आयो ? हामी स्थल सेना हौ ? अब त्यता नजाउ भनेर हुन्छ ? जानुपर्ने हुन सक्छ,’ रावलले अझ अगाडि भने, ‘त्यसैले नेपालले त्यस्तो सहायता चाहिँदैन भनेर परराष्ट्र मन्त्रीले खै पत्र पठाएको ? पठाउनुपर्छ ।’

एसपीपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने रावलले माग गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ५६ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १