विवादमा तानियो ‘ब्रह्मास्त्र’ « Khabarhub

विवादमा तानियो ‘ब्रह्मास्त्र’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिष्कारको माग गरिरहेका छन् ।

ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ । यो दृश्य देखेका दर्शकहरूले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन् ।

निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ । निर्देशक मुखर्जीको अनुसार यो भारतको पहिलो सिनेम्याटिक युनिभर्स भनिएको छ । करण जोहरको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा रिलिज हुँदैछ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय देख्‍न सकिन्छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : २७ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना