एसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात « Khabarhub

एसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको भुटान १७ ओभर ५ बलमा समेटिँदा मात्र ४४ रन बनाउन सक्यो ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी सङ्गीता राईले ४, कविता कुँवर र सीता राना मगरले समान २-२ तथा अस्मिना कर्मचार्य र ईन्दु बर्माले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले २६ रन र कप्तान रुबिना क्षेत्रीले २१ रन बनाइन् ।

शनिबार हुने खेलमा नेपालले कुवेतसँग दिउँसो पौने १ बजे प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा नेपाल र बहराइन आमने सामने हुनेछन् । चौथो खेलमा नेपाल र हङकङ भिड्नेछन्।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : १८ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब