ल्यो निफको आवेदन खुल्ला « Khabarhub

ल्यो निफको आवेदन खुल्ला


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करणको लागि आवेदन खुल्ला भएको छ । आगामी चैत्र २ देखि ६ गतेसम्म चल्ने (निफ)मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिने भएको छ । आगामी पुस १० गतेभित्र आवेदन दिन सकिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्म प्रदर्शन हुनेछन् । फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कारसहितको बेष्ट डकुमेन्ट्री अवार्ड ,अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्महरू मध्येबाट एउटालाई फिल्म सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ,  (आइएफएफएस )डन क्विजोट पुरस्कार पनि प्रदान गरिनेछ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बागमती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी , उत्कृष्ट सर्ट फिल्मलाई नगद  ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ०६ बजे

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी