‘प्रकाश’ को गीतमा वर्गीय द्वन्द्वको कथा « Khabarhub

‘प्रकाश’ को गीतमा वर्गीय द्वन्द्वको कथा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘प्रकाश’ को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका चल अचल दृष्य समावेश गरिएको छ । गीतले वर्गीय द्वन्द्वको विषयलाई गहन रुपमा प्रस्तुत गरेको छ । देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए तर व्यवहार फेरिन नसकेको विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा यो गीतले चलचित्रको थिम बुझाउन खोजेको छ ।

व्यवस्था परिवर्तन भए पनि अझै बिभिन्न तह र सेक्टरहरुमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ । त्यसो त चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको यो गीतबाट स्पष्ट हुन्छ ।

अशोक शेरचनको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : २० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ