‘प्रकाश’ को गीतमा वर्गीय द्वन्द्वको कथा « Khabarhub

‘प्रकाश’ को गीतमा वर्गीय द्वन्द्वको कथा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘प्रकाश’ को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका चल अचल दृष्य समावेश गरिएको छ । गीतले वर्गीय द्वन्द्वको विषयलाई गहन रुपमा प्रस्तुत गरेको छ । देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए तर व्यवहार फेरिन नसकेको विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा यो गीतले चलचित्रको थिम बुझाउन खोजेको छ ।

व्यवस्था परिवर्तन भए पनि अझै बिभिन्न तह र सेक्टरहरुमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ । त्यसो त चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको यो गीतबाट स्पष्ट हुन्छ ।

अशोक शेरचनको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : २० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन