भारतमा १२ हजार ५ सयभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित फेला « Khabarhub

भारतमा १२ हजार ५ सयभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित फेला


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुई दिनलगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ ।

यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१५ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ८४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : १२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका