आर्थिक सङ्कटको समाधानबारे श्रीलङ्काली प्रधानमन्त्रीले संसद्‍मा मार्गचित्र प्रस्तुत गर्ने « Khabarhub

आर्थिक सङ्कटको समाधानबारे श्रीलङ्काली प्रधानमन्त्रीले संसद्‍मा मार्गचित्र प्रस्तुत गर्ने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्‍मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर रोडम्याप बनाइने बताएका हुन् ।

यसअघि बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिएका थिए ।

पछिल्लो समय श्रीलङ्कामा स्वतन्त्र भएयता कै सबैभन्दा गम्भीर आर्थिक सङ्कट देखा परेको छ भने जनताहरुले चरम मूल्यवृद्धि एवम् अत्यावश्वक वस्तुको अभावको सामना गरिरहेको जनाइएको छ ।

देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेशनले आफूसँग ५ हजार मेट्रिक टन मात्रै पेट्रोल रहेको र यसरी दैनिक ५ सय मेट्रिक टन मात्रै ग्यास पसलमा निकासी हुने गरेको बताएको छ । देशमा हाल इन्धन सङ्कट पनि जारी नै रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : २४ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर