सलारमा दुई प्रभास « Khabarhub

सलारमा दुई प्रभास


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता प्रभास हालका दिनमा फिल्म  ‘केजीएफ : च्याप्टर २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म  ‘सालार’ को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतीक्षामा छन् । किनकी यो फिल्ममार्फत नै ‘केजीएफ : च्याप्टर ३’ को कथा अगाडि बढ्ने छ । निर्देशक प्रशान्तले केजीएफ, सलारलाई जोडेर एक सिनेम्याटिक युनिभर्स निर्माण गरिरहेका छन् । 

हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ । फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’ मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो । डार्क एक्सन थ्रिलर फिल्म ‘सलार’ मा प्रभासको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् ।

२ सय करोड बजेट लाग्ने अनुमान गरिएको फिल्ममा एक्सन दृश्यकै लागि ४० करोड थपिएको छ ।बलिउड लाइफले केजीएफ : च्याप्टर २ भन्दा बढी एक्सनमा भव्यता देखाउनु पर्ने भएकाले ४० करोड थपिएको बताएको छ । केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।  

केजीएफ : च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान समेत फ्यानले लगाएका छन् ।  ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ३१ बजे

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय