नेप्से परिसूचकको पहिरो जारी, ७ अङ्कले घटेर ‘मार्केट क्लोज’ « Khabarhub

नेप्से परिसूचकको पहिरो जारी, ७ अङ्कले घटेर ‘मार्केट क्लोज’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अङ्कले ओरालो लागेर ३८१.१४ मा ओर्लेको छ ।

कूल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता शेयर रु ७३ करोड ६३ लाख १२ हजार १५८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.०१ अङ्कले उकालो लाग्यो । त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८.५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १.८१, जीवन बीमा २.९४ र लगानी ०.३७ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ७० हजार ८७९ बराबरको कारोबार भयो । त्यस्तै, सेञ्चुरी बैंक रु छ करोड ४७ लाख ९४ हजार १०८, एनसीसी बैंक रु चार करोड नौ लाख २३ हजार, कुमारी बैंक रु दुई करोड ८६ लाख २९ हजार २४९ र लक्ष्मी बैंक रु दुई करोड २६ लाख ३७ हजार १६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४.०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्स ३.०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, रिभर फल्स पावर लिमिटेड ५.९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४.६४, सिङ्गटी हाइड्रोपावर ४.३४, गणपति लघुवित्त ३.८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ३४ बजे

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह