‘एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो’- बामदेव गौतम  « Khabarhub

 ‘एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो’- बामदेव गौतम 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्। 

 गौतमले उक्त कार्यक्रम सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको हो भन्ने कुरा संसद्मा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताए। गौतम कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए। यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओलीले यसलाई अघि बढाउने काममा संलग्न भएको भन्दै गौतमले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे। उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने पनि बताए। 

त्यस्तै गौतमले सरकार र सरकारको नेतृत्व गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि बताए। सो प्रस्तावबारे संसद्मा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आग्रह गरे।

 ‘एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभएको हो एसपीपी । तर सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु। नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री केपी ओली त्यसमा संलग्न हुनुहुन्छ। अब सदनलाई साँचो कुरा बताउनु पर्छ र सत्य बताउँदा कोही पनि सानो हुँदैन। पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन। एमसीसी पास गरेलगत्तै एसपीपी आयो। यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्यादै संवदेनशील भएँ, झसंग भएँ।’ उनले भने 

एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको पनि उनले बताए । महत्त्वपूर्ण विषयमा राष्ट्रलाई जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसद्मा उपस्थित हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै