एसपीपी आफ्नो पालामा सुरु नभएको ओलीको दाबी « Khabarhub

एसपीपी आफ्नो पालामा सुरु नभएको ओलीको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) आफ्नो पालामा सुरु नभएको स्पष्ट परेका छन् । उनले आफ्नो पालामा एसपीपी सुरु भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन्।

शुक्रबार काठमाडौँमा स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा एसपीपी प्रोग्राम ल्याएको भनेर भ्रम सिर्जना गरिएको दाबी गरेका हुन् ।

ओलीले भने, ‘२०७२ असोज ६ गते अर्थात् संविधान जारी भएको तीन दिनपछि रक्षा मन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले निर्णय गर्नुभएछ । एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्न सेनालाई भनेर निर्णय गर्नुभएको रहेछ।’

सुशील कोइरालाले रक्षा मन्त्रीको हैसियतमा गरेको निर्णयअनुसार सेनाले पत्राचार गरेको ओलीले दाबी गरे । ‘मन्त्रीस्तरको निर्णय असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाएको रहेछ । सैनिक हेडक्वार्टरले सोहीअनुसार पत्राचार गरेको रहेछ । हामीलाई कतै बताइएन,’ ओलीले भने, ‘ असोज २४ गते म प्रधानमन्त्री निर्वाचित भएँ । कात्तिक १० गते राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेका रहेछन् । मन्त्रीस्तरबाट यो निर्णय गरेको भनेर ।’

ओलीले भने, ‘भ्रम फिँजाउनका लागि प्रचण्डले यो केपी ओलीको नेतृत्वमा भएको हो भनेर भनेछन् । कमरेडहरू भ्रममा नपर्नुहोला केपी ओलीको नेतृत्वमा अस्वीकार गर्ने काम भएको हो ।’

पूर्व प्रधानमन्त्री ओलीले अमेरिकी दूतावासलाई पत्र लेख्ने काम प्रधानसेनापतिको नभई रक्षा मन्त्रालय या परराष्ट्र मन्त्रालयको हुने पनि बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : २२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा