एसपीपी आफ्नो पालामा सुरु नभएको ओलीको दाबी « Khabarhub

एसपीपी आफ्नो पालामा सुरु नभएको ओलीको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) आफ्नो पालामा सुरु नभएको स्पष्ट परेका छन् । उनले आफ्नो पालामा एसपीपी सुरु भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन्।

शुक्रबार काठमाडौँमा स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा एसपीपी प्रोग्राम ल्याएको भनेर भ्रम सिर्जना गरिएको दाबी गरेका हुन् ।

ओलीले भने, ‘२०७२ असोज ६ गते अर्थात् संविधान जारी भएको तीन दिनपछि रक्षा मन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले निर्णय गर्नुभएछ । एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्न सेनालाई भनेर निर्णय गर्नुभएको रहेछ।’

सुशील कोइरालाले रक्षा मन्त्रीको हैसियतमा गरेको निर्णयअनुसार सेनाले पत्राचार गरेको ओलीले दाबी गरे । ‘मन्त्रीस्तरको निर्णय असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाएको रहेछ । सैनिक हेडक्वार्टरले सोहीअनुसार पत्राचार गरेको रहेछ । हामीलाई कतै बताइएन,’ ओलीले भने, ‘ असोज २४ गते म प्रधानमन्त्री निर्वाचित भएँ । कात्तिक १० गते राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेका रहेछन् । मन्त्रीस्तरबाट यो निर्णय गरेको भनेर ।’

ओलीले भने, ‘भ्रम फिँजाउनका लागि प्रचण्डले यो केपी ओलीको नेतृत्वमा भएको हो भनेर भनेछन् । कमरेडहरू भ्रममा नपर्नुहोला केपी ओलीको नेतृत्वमा अस्वीकार गर्ने काम भएको हो ।’

पूर्व प्रधानमन्त्री ओलीले अमेरिकी दूतावासलाई पत्र लेख्ने काम प्रधानसेनापतिको नभई रक्षा मन्त्रालय या परराष्ट्र मन्त्रालयको हुने पनि बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : २२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म