खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार « Khabarhub

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो । 

घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै   राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पुर्‍याइएको थियो । घाइते अधिकारीकी आमा तुलसा र श्रीमती यसोदाको भने घटनास्थलमै निधन भएको थियो । रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किएका अधिकारी भागेर ज्यान जोगाउन सफल भए ।

घरमा तीन जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन् । यता पहिरोकै कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए । खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पुर्‍याएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार