बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी « Khabarhub

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एशोसिएसन नेपाल, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी सङ्घ, स्पेसियालिटी टि एशोसिएसन नेपालमा आबद्ध चिया १०० बढी व्यवसायीबाट उत्पादित चियाका ब्राण्ड राखिएका छन् ।

मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताए । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले यसबाट विदेशी उत्पादन निरुत्साहित गर्न सकिने बताए । उनले व्यवसायीलाई लुम्बिनी प्रदेशको गुल्मीलगायतका जिल्लामा उत्पादित कफीको प्रवर्द्धन र बजारीकरणका लागि लाग्न आग्रह गरे ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिकरूपमा सबल हुनसक्ने सम्भावना रहेको बताए। उनले बिजनेश हबका रुपमा बुटवललाई चिनाउन पनि कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आव २०७७/२०७८ मा नेपालले रु तीन अर्ब ७९ करोड मूल्य बराबरको चिया निर्यात गरेको छ । यस्तै, आव २०७७/२०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपिएकोमा २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो । कूल १६ हजार बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन । प्रदर्शनीमा ३० वटा स्टल राखिएका छन् । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ४० बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर