मंकीपक्सको आशङ्का गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि « Khabarhub

मंकीपक्सको आशङ्का गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार २९ मुलुकमा एक हजार बढीमा मंकीपक्सका बिरामी भेटिएका छन् । नेपालमा आजसम्म कसैलाई पनि मंकीपक्स पुष्टि भएको छैन । मंकीपक्स फैलन नदिन मन्त्रालय सचेत र सतर्क रहको बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको