देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला « Khabarhub

देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवा, रुकुम (पूर्व), तेह्रथुम, नवलपरासी (पश्चिम) र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।    

रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ५/७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा  उक्त स्थानमा शव फेला परेको हो । 

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–१४ त्रिवेणी- खोला किनारमा सोही गाउँपालिका–१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६/७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो । 

नवलपरासी ९पश्चिम०को सुस्ता गाउँपालिका–२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका–७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको हरिवन नगरपालिका–१० ताईवान टोलस्थित सडक छेउमा हाल पहिचान नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

घटनाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : २९ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले