‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिन्छ’ : बेलायती गृह मन्त्रालय « Khabarhub

‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिन्छ’ : बेलायती गृह मन्त्रालय


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोप्य दस्तावेजहरु सार्वजनिक गरेर ख्याती कमाएको ‘विकिलिक्स’ वेबसाइटका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायती गृहमन्त्री प्रिती पटेलले स्वीकृति दिएकी छिन् ।

बेलायती गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले उनलाई अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको जनाएको हो ।

बीबीसीका अनुसार अमेरिकामा उनको मानव अधिकार सुरक्षित हुने देखिएको एवम् उनलाई त्यहाँ उचित व्यवहार गरिने समेत गृह मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियन नागरिक असान्जले स्थापना गरेको विकिलिक्स नामक वेबसाइटले सन् २०१० र २०११ मा इराक तथा अफगानिस्तानमा जारी युद्धबारे गोप्य दस्तावेजहरु सार्वजनिक गरेर ख्याती कमाएको थियो ।

त्यस्तै, सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरुद्वारा प्रेसित गोप्य इमेल सार्वजनिक गरेर पुनः चर्चामा आएको थियो ।

आलोचकहरुले डेमोक्र्याटिक पार्टीका गोप्य इमेल सार्वजनिक गरेर विकिलिक्सले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन सघाएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकामा उनलाई जासुसीको अभियोग लागेको छ । अमेरिकातर्फ सुपुर्दगीबाट बच्न उनी लामो समयसम्म लण्डनस्थित ल्याटिन अमेरिकी मुलुक इक्वेडोरको दूतावासमा शरण लिएर बसेका थिए ।

सन् २०१९ मा उनलाई पक्राउ गरी बेलायतमा तारेखमा उपस्थित नभएको अभियोगमा दोषी ठहर गर्दै जेल चलान गरिएको छ । हाल उनी बेलमार्श जेलमा कैद छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : ३५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ