ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने, सदस्यता कहिले ? « Khabarhub

ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने, सदस्यता कहिले ?


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली युनियनमा उम्मेदवारी दिने युक्रेनको कदमलाई युरोपेली आयोगले समर्थन गर्ने बताएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युक्रेनको उम्मेदवारीको समर्थन गरिने बताएकी हुन् ।

बीबीसीका अनुसार अध्यक्ष भोन डेर लाइनले युक्रेनले ‘राम्रो काम गरिरहेको’ बताउँदै अझै धेरै काम आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

युरोपेली युनियनमा आबद्ध हुनका लागि युक्रेनले विधिको शासन, धनाढ्यको अवस्था, भ्रष्टारविरुद्ध अभियान एवम् मानवअधिकार जस्ता महत्वपूर्ण विषयमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘हामी उनीहरुपनि युरोपेली सपनामा हामीसँगै बाँचून् भन्ने चाहन्छौँ ।’ अध्यक्ष भोन डेर लाइनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युनियनको सदस्य हुनका लागि उम्मेदवारी महत्वपूर्ण कदम भएपनि यो प्रक्रिया पूरा हुन भने वर्षौँसम्म लाग्नसक्ने बीबीसीले जनाएको छ ।

युरोपेली आयोगको सिफारिसलाई युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकहरुले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । जर्मनी, फ्रान्स र इटालीका नेताहरुले यसअघि नै युक्रेनको राजधानी किभको भ्रमण गरी युनियनमा युक्रेनको उम्मेदवारीलाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ०८ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा