स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा   « Khabarhub

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा  

६ करोड २४ लाख बिगो दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ सम्पत्ति आर्जन गरेको ठहर गर्दै आव विशेष अदालत काठमाडौँमा अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा भण्डारीसँग ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

भण्डारीले २०७३ असोज २१ मा रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउन १ गते स्वैच्छिक अवकाश लिएका थिए ।

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत समेत गरी २६ लाख ६१ हजार ६३६ आय आर्जन गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

सो अवधिमा उनले ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानमा पाइएको छ । ठूलो रकम गैरकानूनीरुपमा आर्जन गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली