शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण | Khabarhub Khabarhub

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङलाई चाबी हस्तान्तरण गरेर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । सफा सुनौलो नेपालकी संस्थापक एवं राकेश हमालकी पत्नी सुनिता हालले विद्यालयको लागि दिगो, भूकम्प प्रतिरोधी र भरपर्दो संरचना निर्माण गरेर प्रदान गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘मेरो श्रीमानको सपना पनि शिक्षाका क्षेत्रमा केही गर्ने थियो । आज उहाँकै नामबाट ६ कोठे सुविधासम्पन्न भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।

Avatarकार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता देवीराम उपाध्यायले सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा काठमाडौंको दुर्गम गाउँमा भवन बन्नु सुखद कुरा भएको बताए। उनले नयाँ भवन बनेसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

‘लगानीकर्ता आकर्षित बने । इन्जिनियर, ठेकेदार सबैले समयमै काम गरे । र, अपेक्षाकृत रूपमा समयमै भवन निर्माण सम्पन्न भयो । यसले विद्यार्थी र शिक्षकमा थप हौसला प्रदान गर्ने छ,’ उपाध्याय भन्छन् । विद्यालयका प्रधानाध्यापक तामाङले सबैको सहयोगले स्कुल स्कुल जस्तो भइरहेको बताए । उनले काठमाडौं जिल्लामै रहेर पनि भौतिक संरचना अभावमा समस्या खेपिरहेको विद्यालयलाई नयाँ भवन प्राप्त भएसँगै पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि लामाले अहिलेको आवश्यकता पूर्वाधार निर्माणसँगै प्राविधिक शिक्षाको भएको औँल्याएका थिए । उनले नयाँ भवन विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत दातृ निकायबाट विद्यालयलाई सहयोग हुनेमा आफू आशावादी रहेको धारणा राखे ।

Avatar‘अब भौतिक पूर्वाधारसँगै हाम्रा नानीबाबुहरूलाई समयसापेक्ष प्राविधिक शिक्षामा समेत जोड दिनुपर्छ । शिक्षकहरूले समयानुकूल प्रयोगात्मक शिक्षामा जोडिदिनु नै हुने छ । त्यसका लागि दातृ निकाय र स्थानीय सरकारबाट सहयोग हुने नै छ,’ उनले भने । उनले सामाजिक व्यक्तित्व हमालको नाममै भवनको स्थापना गरिनु थप सह्रानीय कार्य भएको बताए । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिका नाममा यस्ताखाले सम्मानको अपरिहार्यता रहेको लामाले बताए ।

दातृ संस्थाका लुईउल्फ ग्राम र जोलाउल्फ ग्रामले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले आगामी दिनमा पनि विद्यालयलाई आफूहरूको सहयोग रहने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : १४ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको