छायांकनमा ‘महापुरुष’ « Khabarhub

छायांकनमा ‘महापुरुष’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म  ‘महापुरुष’ को छायांकन सुरु भएको छ । शुक्रबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । ४ औँ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको फिल्ममा धुम्बाराहीमा महजोडीको दृश्य छायांकन गरियो ।

प्रदीप भट्टराईले निर्देशन गरिरहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय छ । सोसल ड्रामामा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग गरिने छ । फिल्म बाबु–छोराबिचको सम्बन्धमा आधारित छ ।
प्रदीपलाई ‘प्रेसर’ 

निर्देशक प्रदीप भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्मको निर्देशन गरिरहेका छन् । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने ‘महापुरुष’ को सुटिङ आजबाट सुरु भएको छ ।

डेब्यु फिल्म पश्चात् ब्राण्ड र स्टारडम मार्फत आफ्नो फिल्मलाई धेरै दर्शक समक्ष पुर्‍याउने लेखक तथा निर्देशक भट्टराईले यसपटक मह जोडीसँगै राजाराम पौडेल र गौरी मल्ललाई लिएर फिल्म निर्देशन गरिरहेका छन् ।

लगातार तीन फिल्ममा आफूलाई बक्स अफिसमा प्रमाणित गरेका निर्देशक भट्टराई ब्राण्ड भन्दा बाहिर सफल हुन्छन् या हुँदैनन् ? यो जिज्ञासा यथावत् नै छ । त्यसैले पनि यसपटक प्रदीपलाई सफलताको प्रेसर बढ्दो छ ।

यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : २७ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत