छायांकनमा 'महापुरुष' | Khabarhub Khabarhub

छायांकनमा ‘महापुरुष’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म  ‘महापुरुष’ को छायांकन सुरु भएको छ । शुक्रबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । ४ औँ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको फिल्ममा धुम्बाराहीमा महजोडीको दृश्य छायांकन गरियो ।

प्रदीप भट्टराईले निर्देशन गरिरहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय छ । सोसल ड्रामामा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग गरिने छ । फिल्म बाबु–छोराबिचको सम्बन्धमा आधारित छ ।
प्रदीपलाई ‘प्रेसर’ 

निर्देशक प्रदीप भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्मको निर्देशन गरिरहेका छन् । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने ‘महापुरुष’ को सुटिङ आजबाट सुरु भएको छ ।

डेब्यु फिल्म पश्चात् ब्राण्ड र स्टारडम मार्फत आफ्नो फिल्मलाई धेरै दर्शक समक्ष पुर्‍याउने लेखक तथा निर्देशक भट्टराईले यसपटक मह जोडीसँगै राजाराम पौडेल र गौरी मल्ललाई लिएर फिल्म निर्देशन गरिरहेका छन् ।

लगातार तीन फिल्ममा आफूलाई बक्स अफिसमा प्रमाणित गरेका निर्देशक भट्टराई ब्राण्ड भन्दा बाहिर सफल हुन्छन् या हुँदैनन् ? यो जिज्ञासा यथावत् नै छ । त्यसैले पनि यसपटक प्रदीपलाई सफलताको प्रेसर बढ्दो छ ।

यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : २७ बजे

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्