कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’  « Khabarhub

कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’ 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार कमल हासनले आफ्नो स्टारडम हालै रिलिज फिल्म ‘विक्रम’ को सफलताबाट प्रमाणित गरिसकेका छन्। लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ। कमल फिल्मको सफलताले खुशी छन्। उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको ब्यानरमा निर्माण गरेका हुन्। फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ। यही विषयमा उनले मुख खोलेका छन्।

‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु। यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन। अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन। मलाई कुनै विशेष उपनाम पनि चाहिएन। मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन्।

फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’ को सिक्वेल हो। यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए। यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन्। फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा