कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’  « Khabarhub

कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’ 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार कमल हासनले आफ्नो स्टारडम हालै रिलिज फिल्म ‘विक्रम’ को सफलताबाट प्रमाणित गरिसकेका छन्। लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ। कमल फिल्मको सफलताले खुशी छन्। उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको ब्यानरमा निर्माण गरेका हुन्। फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ। यही विषयमा उनले मुख खोलेका छन्।

‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु। यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन। अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन। मलाई कुनै विशेष उपनाम पनि चाहिएन। मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन्।

फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’ को सिक्वेल हो। यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए। यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन्। फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १० बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा