१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ « Khabarhub

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । 

तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १७ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध