डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न गुरुयोजना निर्माण हुँदैछ : प्रधानमन्त्री देउवा « Khabarhub

डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न गुरुयोजना निर्माण हुँदैछ : प्रधानमन्त्री देउवा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन सुरुआत गर्ने र डडेलधुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माण गर्ने कार्य अगाडि बढाएको बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा आज आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताए।

विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी तथा समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा उनको जोड थियो ।

“लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ”, प्रधानमन्त्री देउवाले भने, “आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले समयानुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्छ ।”

सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी मुलुकको खाँचो पूरा गर्न सहयोग पुर्‍याएको धारणा राखे। सो अवसरमा प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीलाई पदक वितरणसमेत गरे।

समारोहमा भारतको कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ३२ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन