बारा कोल्हवीको सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा  « Khabarhub

बारा कोल्हवीको सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको हाल कोल्हवी नगरपालिका वडा नं.१ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जमिन भूमाफियाले हडप्न थालेको भन्दै आवाज उठेको १० वर्ष बित्नै लागेको छ ।

तर अझै पनि यो जमिन सार्वजनिक हुन सकेको छैन । स्थानीय निकाय होस्, वा प्रदेश अनि संघको चुनाव ताका  जमिन सार्वजनिक बनाई छाड्ने नेताहरुले प्रतिवद्धता व्यक्त गर्ने गरे पनि चुनाव सकिएसँगै सबै मौन बस्दै आएका छन् । बाराको कोल्हवी नगरपालिका वडा नं.१ स्थित बजार क्षेत्रको किता नं.१०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिले जग्गाधनी पूर्जा लिएको रहस्य बाहिर आएसँगै सचेत स्थानीयहरु त्यसविरुद्ध निरन्तर लागि परेको १० वर्ष भई सक्यो । तर अझै सम्म पनि सो सार्वजनिक जमिनको अझै छिनोफानो भएको छैन ।

यस क्षेत्रको मध्य भागमा वर्षौँदेखि हाटबजार लाग्दै आइरहेको छ । वर्षौँदेखि ब्यापार, ब्यावसाय सञ्चालन गर्दै आइरहेका ब्यापारीहरुले पनि पक्की संरचना तयार गरि आफ्ना ब्यवसायहरु चलाउँदै आएका छन् ।  यही सार्वजनिक जमिनमा आँखा गाड्दै भूमाफिया गिरोहले विभिन्न प्रपञ्च रच्दै सार्वजनिक जमिन हत्याउन लागि परि रहेका छन् ।

यस क्षेत्र भित्र हाट बजार सहित कोल्हवी नगरपालिका, कोल्हवी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा वेस, थारु कल्याणकारिणी, ओम शान्ति लगायतका सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुको पक्की भवन छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : १८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको