गेटामा तत्काल तीन सय सैय्याको अस्पताल बन्छ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

गेटामा तत्काल तीन सय सैय्याको अस्पताल बन्छ : प्रधानमन्त्री देउवा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई कसरी अगाडी बढाउने भन्ने विषय छलफल भइरहेको भन्दै तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरी आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए । आफू सुदूरपश्चिमकै नागरिक भएको बताउँदै प्रधानमन्त्री देउवाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

‘मेडिकल विश्व विद्यालय बनाउनेकी प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौंला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ ।’ ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटामा तत्काल सेवा सञ्चालन हुनुपर्ने भन्दै अत्तरिया संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार धनगढी आएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेको देउवा विद्यार्थीलाई दीक्षित प्रमाण पत्र वितरण गरेर धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ३५ बजे

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम