अफगानिस्तानको मस्जिदमा बम आक्रमण « Khabarhub

अफगानिस्तानको मस्जिदमा बम आक्रमण


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाड उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्तका घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ ।

देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर्दै भने, ‘मस्जिदमादर्जनौं उपासकले प्रार्थना गरिरहेका थिए । विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु भएको र थप छ जना घाइते भएका छन् ।’

यसैबीच अर्का प्रत्यक्षदर्शी मोहम्मद करीमले मस्जिदभित्र भएको विस्फोटमा एक जनाकोे मृत्यु भएकोे र केही घाइते भएका बताए । कुन्दुज प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले विस्फोटको पुष्टि गर्दै यो विस्फोटमा मानवीय क्षतिसमेत भएको तर यसबारे अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

यस आक्रमणको अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले जिम्मेवारी दाबी गरेको छैनन् । अप्रिलको अन्ततिर कुन्दुज प्रान्तको एउटा मस्जिदमा पनि यस्तै विस्फोट भएको र उक्त विस्फोटको कट्टर इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो । उक्त घटनामा झन्डै तीन दर्जनको मृत्यु भएको र अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १