अफगानिस्तानको मस्जिदमा बम आक्रमण « Khabarhub

अफगानिस्तानको मस्जिदमा बम आक्रमण


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाड उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्तका घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ ।

देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर्दै भने, ‘मस्जिदमादर्जनौं उपासकले प्रार्थना गरिरहेका थिए । विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु भएको र थप छ जना घाइते भएका छन् ।’

यसैबीच अर्का प्रत्यक्षदर्शी मोहम्मद करीमले मस्जिदभित्र भएको विस्फोटमा एक जनाकोे मृत्यु भएकोे र केही घाइते भएका बताए । कुन्दुज प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले विस्फोटको पुष्टि गर्दै यो विस्फोटमा मानवीय क्षतिसमेत भएको तर यसबारे अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

यस आक्रमणको अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले जिम्मेवारी दाबी गरेको छैनन् । अप्रिलको अन्ततिर कुन्दुज प्रान्तको एउटा मस्जिदमा पनि यस्तै विस्फोट भएको र उक्त विस्फोटको कट्टर इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो । उक्त घटनामा झन्डै तीन दर्जनको मृत्यु भएको र अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु