निगमका कर्मचारीलाई दुर्व्यवहार नगरिएको मन्त्री आलेको सचिवालयको दाबी (विज्ञप्तिसहित) « Khabarhub

निगमका कर्मचारीलाई दुर्व्यवहार नगरिएको मन्त्री आलेको सचिवालयको दाबी (विज्ञप्तिसहित)


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मातहतका कुनै पनि कर्मचारीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई गालीगलौज गरेको समाचार अडियोसहित सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

पटक–पटक विवादमा मुछिएका मन्त्री आलेको सचिवालयले ती समाचारहरू झुठो भएको र आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभी फुटेज उपलब्ध गराउने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निगम कार्यकारी अध्यक्षसँगको प्रसँगमा माननीय मन्त्रीज्यूले स-साना काममा पनि निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने क्रम निरन्तर रहेकाले एकपटक मात्र नभई बारम्बार दर्जनौंपटक निर्देशन दिनुपरेको अवस्था आजसम्म कायमै रहेको छ ।’

मन्त्री आलेको सचिवालयले गालीगलौजका सम्बन्धमा कानूनले निषेध गरेको गोपनियताको हकको उल्लंघन गर्दै दुईपक्षीय वार्ता र संवाद रेकर्ड गर्दै मिडियामा ल्याउने गरेको र सम्झाउँदा पनि नमानेको बताएको छ ।

यस्तै कार्यकारी अध्यक्षको व्यक्तिगत चरित्रलाई लिएर निगमभित्रै महिला कर्मचारीले थुप्रैपटक मन्त्रालयमा उजुरी दिएको आरोपसमेत लगाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : १६ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने