रूसी नागरिक यूक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने « Khabarhub

रूसी नागरिक यूक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीभ– यूक्रेनले रूसी नागरिकले यूक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् ।

सन् १९९१ मा यूक्रेन तत्कालीन सोभियत संघबाटस्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो ।

मस्कोले यूक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ ।

“युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था शुरु गरिरहेको छ,“ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराए । उनले भने, “सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।

जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिक रूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए ।

उनले भने, “रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारीे बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।”

यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई देशीय सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् ।

पूर्वी यूक्रेनमा रूस निकट रहेका पृथकवादी र यूक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि यूक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।

सन् २०१३ मा एक करोड असी लाख रूसीहरूले यूक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको यूक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए ।

सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनि हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा बढी थिएनन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ५५ बजे

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही