राप्ती हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन आज « Khabarhub

राप्ती हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन आज


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहधितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर एपमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ३५ बजे

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

गण्डकी– पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज

डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ

काठमाडौं– भारतको सन्दर्भ जोड्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘ट्रम्पले दक्षिण

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५  गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको