तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु  « Khabarhub

तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोविन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

ग्रामीण विद्युतीय आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनको वीपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

गढी गाउँपालिका–३ बस्ने राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका  थिए । उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १२ : १५ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा