घोषणामै सीमित फिल्महरू  « Khabarhub

घोषणामै सीमित फिल्महरू 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म ‘बेधडक’ को केही समयअघि घोषणा भयो । अभिनेता सञ्जय कपूरकी छोरी शनाया डेब्यु फिल्मलाई लिएर निकै उत्साहित थिइन् । उनले फिल्मकै लागि केही तयारी पनि गरेकी थिइन् । तर, निर्माण पक्षले यो फिल्म तत्कालका लागि नबनाउने निर्णय लिएपछि उनी दुःखी छन् । फिल्ममार्फत शनायासँगै गुरफतेह सिंह पीरजादा पनि बलिउडमा डेब्यु गर्ने तयारीमा थिए ।

फिल्म ‘बेधडक’ त एक उदाहरण मात्र हो, बलिउडमा यस्ता केही फिल्म छन्, जसको घोषणा भए पनि हालसम्म निर्माण भएका छैनन् । ती फिल्म कहिले निर्माण हुन्छ भन्ने पनि निश्चित छैन । निर्माता तथा निर्देशक करण जोहरले सन् २०१८ मा निकै धमाकेदार शैलीमा मल्टीस्टारर फिल्म ‘तख्त’को घोषणा गरे । रणवीर सिंह, आलिया भट्ट, अनिल कपूर, विक्की कौशल, करिना कपुर खान, जाहान्वी कपूरजस्ता मल्टिस्टारको अभिनय रहने भनेर घोषणा भए पनि यो फिल्म कहिले बन्छ भन्ने अझसम्म टुंगो छैन । उनको छायांकन सेड्युलको समयमा कोरोना भाइरसको महामारी देखिनु र उनकै कम्पनीको निर्माण रहेको फिल्म ‘ब्रह्मास्त्र’ मा योजना भन्दा बढी बजेट लाग्नु नै फिल्म नबन्नुको कारण मानिएको छ ।

फिल्म ‘दोस्ताना २’ को अवस्था उस्तै छ । कार्तिक आर्यन, कट्रिना कैफ र जाह्नवी कपुरको अभिनय रहने भनिएको यो फिल्मबाट कार्तिकले हात झिकेपछि फिल्म निर्माण रोकिएको छ । निर्माता करण जोहर र अभिनेता कार्तिक बीच तनाव भएपछि फिल्मको छायांकन रोकिएको थियो ।  करणले फिल्ममा कार्तिकले निभाएको भूमिकालाई अक्षयलाई निभाउन आग्रह गरेका छन् ।  बेलाबखतमा फिल्मको काम सुरु हुने चर्चा भएता पनि छायांकन सुरु भएको खबर अझैँ सार्वजनिक भएको छैन ।

सलमान खान र आलिया भट्टको अभिनय रहने भनिएको फिल्म ‘इन्शाल्लाह’ पनि सलमान र निर्देशक सञ्जय लिला भन्सालीकै कारण रोकियो । रोमान्टिक ड्रामाको यो फिल्म ठूलो बजेटमा निर्माण हुने भनिए पनि निर्देशक र अभिनेताबीचको ‘रचनात्मक मतभेद’कारण बन्द भयो ।  त्यसपछि भन्सालीले आफ्नो निर्देशनमा ‘गंगुवाई कठियावाडी’ निर्माण गरे । यतिबेला उनी सब सिरिज ‘हिरामण्डी’ को छायांकनमा व्यस्त छन् ।एजग्यापको प्रेम कथा भनिएको फिल्ममा भन्सालीले सलमानको स्थानमा ऋतिक रोशनलाई कास्ट गर्ने योजना पनि बनाएका छन् । यद्यपि यसबारे आधिकारिक रूपमा खबर बाहिरिएको छैन ।

अभिनेता वरुण धवनको अभिनय रहने भनिएको फिल्म ‘मिस्टर लेले’ को हालत पनि उस्तै छ । तर, निर्माण पक्षले भने यसलाई निरन्तरता दिने सोच बनाएका छन् । त्यसका लागि उनीहरूले विक्की कौशललाई अभिनय गराउने योजना बनाएका छन् । किनकि वरुणले फिल्म नगर्ने मनसाय बनाएका छन् । अभिनेता परिवर्तन गरेर डेट सेट गर्न समय लाग्ने भएको हुँदा कहिलेबाट फिल्मको छायांकन हुन्छ भन्ने तय छैन ।

सञ्जय दत्त र अरशद वारसी स्टारर फिल्म ‘मुन्ना भाई चले अमेरिका’ पनि निर्माण नभई बन्द भएका छन् । यो फिल्मबारे पछिल्लो अपडेट कही कतै आएको छैन । फिल्मलाई छायांकन गर्ने योजनाकै बीच संजय जेल गएका थिए । उनी जेल गएसँगै फिल्मको काम बन्द भयो । निर्देशक राजकुमार हिरानीले यसको ट्रेलर समेत बनाएका थिए । मुन्ना भाई अमेरिका पुरेर राष्ट्रपतिलाई भेट्ने कथा फिल्ममा थियो । संजय सजायमुक्त भएपछि फिल्म बनाउन निर्देशक हिरानीलाई आग्रह पनि नगरेका होइनन् । तर , निर्देशक हिरानी र निर्माता बिधु विनोद चोपडाको आपसी सम्बन्ध सुमधुर नहुँदा फिल्मको काम अगाडी बढेको छैन । निर्देशक हिरानी पछिल्लो समय शाहरुख खानलाई लिएर ‘डंकी’ को छायांकन गरिरहेका छन् ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘चन्दा मामा दूर का’को पनि निर्माण घोषणा भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । सुशान्तकै अभिनय रहने भनिएको फिल्म ‘पानी’ पनि घोषणापछि बन्द भएको छ । सुशान्तको स्थानमा अन्य कलाकारलाई लिएर दुई फिल्म बनौअने चर्चा भएता पनि लगानीकर्ताको अभावले फिल्मको काम नहुने लगभग तय छ ।

शहिद कपूरलाई लिएर सिद्धार्थ रोय कपूरले निर्माण गर्ने भनिएको फिल्म पनि अझैँ अन्योलमै छ । कबिर सिंहको सफलता पश्चात् फिल्म निर्माण गर्ने भनिएको थियो । तर , शहिद अभिनीत पछिल्लो फिल्म ‘जर्सी’ सफल नभएपछि काम रोकिएको छ । सिद्धार्थले लगानीकर्ता पाएका छैनन् । त्यसैले गर्दा फिल्म बन्ने सुरसार छैन ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १२ : ४७ बजे

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा