‘कबड्डी ४’ ले पुरा गर्‍यो ५१ औँ दिन, स्वदेशसँगै विदेशमा पनि बनायो रेकर्ड  « Khabarhub

‘कबड्डी ४’ ले पुरा गर्‍यो ५१ औँ दिन, स्वदेशसँगै विदेशमा पनि बनायो रेकर्ड 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फाइनल म्याच नाम दिइएको कबड्डी सिरिजको चौथो फिल्म ‘कबाड्डी ४ : द फाइनल म्याच’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । शनिबार फिल्मले ५१ औँ दिन पुरा गरेको हो ।

कोरोना भाइरसको महामारी पश्चात् यस फिल्मले दर्शक हलसम्म ल्याउन सकिने गतिलो उदाहरण पेश गरेको छ । सो अवधिमा फिल्मले घरेलु बक्स अफिसमा २२ करोड ८३ लाख ३८ हजार ८ सय ६४ रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएका छन् । फिल्मले क्युएफएक्स, विग मुभिज, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, रन्जना सिनेप्लेक्स लगायतका हलहरूमा ५१ औँ दिन पुरा गरेको हो ।

शनिबारै फिल्मले अस्ट्रेलियामा पनि ५१ दिन ‘सेलिब्रेसन’ गरेको छ । नेपालमा रिलिज भएकै दिन अष्ट्रेलियाको विभिन्न सहरमा फिल्म रिलिज भएको हो।अष्ट्रेलिया प्रदर्शन अधिकार लिएका रोशन भट्टराईको अनुसार कुल ९० शोमध्ये सिड्नीमा मात्र ३९ शो थियो । ३८ लाख रुपैयाँमा अस्ट्रेलियामा फिल्मको राइट खरिद गरेको हो। ‘कबड्डी ४’ ‘जात्रैजात्रा’ पछि अष्ट्रेलियामा धेरै कमाउने नेपाली फिल्म समेत बनेको छ । रोशनले फिल्मले दर्शकमा राम्रो क्रेज बनाएमा दर्शकको साथ पाउने कबड्डीले प्रस्ट्याएको बताए ।

अष्ट्रेलियामा कबड्डी सिरिजसँगै जात्रा सिरिज , छक्का पञ्जा सीरिज र शत्रु गतेले राम्रो मुनाफा दिलाउन सफल भएको फिल्महरू हुन् । फिल्मले अष्ट्रेलियासँगै ,  जापान , भारत, युरोप, मध्यपूर्व र हङकङमा समेत राम्रो कमाई गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई , सौगात मल्ल , मिरुना मगर , विजय बराल , बुद्धि तामाङ लगायतको  अभिनय रहेको छ । फिल्मलाई मणिराम पोखरेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : २२ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता