कमब्याक गर्दै मनिषा  « Khabarhub

कमब्याक गर्दै मनिषा 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनिषा कोइराला बलिउडमा बलियो कम्ब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले विग ब्यानरको फिल्म पाएकी छैनन् । तर , आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ । कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको  ‘शेहजादा’ मा मनीषा कोइराला पनि महत्त्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनीषाले तब्बुले निर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ ।

अल्लू  अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमलु’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो । फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनीषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मसँगै ओटीटी जायन्ट नेटफ्लिक्सका लागि निर्देशक संजय लीला भन्सालीले निर्माण गरिरहेको वेब सिरिज ‘हिरामण्डी’ मा उनको महत्त्वपूर्ण भूमिका छ । निर्देशक भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’ मा मनीषाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

आउँदो वर्ष यी दुई प्रोजेक्टमा देखिएसँगै बलिउडबाट विश्राममा रहेकी मनिषाको व्यस्तता बढ्ने अनुमान गरिएको छ । ‘शेहजादा’ बलिउडको मेनस्ट्रिममा मनिषाको महत्त्वपूर्ण कमब्याक हो । भारतमा पछिल्लो समय ओटीटीले प्रशस्त रूपमा ट्यालेन्ट अनुहारलाई स्थापित गरिरहेको छ । यद्यपि मनिषा भने  स्वास्थ्य र आपसी कारणले बलिउडबाट विश्राममा थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ५६ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८