कमब्याक गर्दै मनिषा  « Khabarhub

कमब्याक गर्दै मनिषा 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनिषा कोइराला बलिउडमा बलियो कम्ब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले विग ब्यानरको फिल्म पाएकी छैनन् । तर , आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ । कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको  ‘शेहजादा’ मा मनीषा कोइराला पनि महत्त्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनीषाले तब्बुले निर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ ।

अल्लू  अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमलु’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो । फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनीषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मसँगै ओटीटी जायन्ट नेटफ्लिक्सका लागि निर्देशक संजय लीला भन्सालीले निर्माण गरिरहेको वेब सिरिज ‘हिरामण्डी’ मा उनको महत्त्वपूर्ण भूमिका छ । निर्देशक भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’ मा मनीषाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

आउँदो वर्ष यी दुई प्रोजेक्टमा देखिएसँगै बलिउडबाट विश्राममा रहेकी मनिषाको व्यस्तता बढ्ने अनुमान गरिएको छ । ‘शेहजादा’ बलिउडको मेनस्ट्रिममा मनिषाको महत्त्वपूर्ण कमब्याक हो । भारतमा पछिल्लो समय ओटीटीले प्रशस्त रूपमा ट्यालेन्ट अनुहारलाई स्थापित गरिरहेको छ । यद्यपि मनिषा भने  स्वास्थ्य र आपसी कारणले बलिउडबाट विश्राममा थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ५६ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर