हलमा नआउने भयो अक्षयको फिल्म  « Khabarhub

हलमा नआउने भयो अक्षयको फिल्म 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्ला फिल्महरू लगातार असफल छन्। बेल बटम, बच्चन पाण्डे, सम्राट पृथ्वीराज लगायतले लगानी उठाउन सकेनन् । फिल्मको कलेक्सन निकै कमजोर अंकमा छ । उनी अभिनीत फिल्महरू हाइप ठिकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भए।

यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म  ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ  । रञ्जित एम तिवारी निर्देशित ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ ।

यद्यपि पछिल्लो समय फिल्मलाई सिरिजको रूपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन् । पिंकभिल्लाको अनुसार फिल्मलाई वेब सिरिजको रूपमा पनि ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ । सिरिजको रूपमा ल्याउन अक्षयले अनुमति दिएका यसको दोस्रो सिजनमा समेत उनले अभिनय गर्नु पर्ने हुन्छ । फिल्मको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने फिल्मका सदस्यले पिंकभिल्लालाई बताएका छन् । यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ । तर , फिल्म वा सिरिज स्वरूप जुनै भए पनि फिल्म हलमा नभई ओटीटीमा आउने तय छ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ४७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२