‘लालसिंह चड्डा’ सँग ‘रक्षा बन्धन’ को भिडन्त पक्का « Khabarhub

‘लालसिंह चड्डा’ सँग ‘रक्षा बन्धन’ को भिडन्त पक्का


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो अगस्ट ११ मा बलिउडका दुई ठूला स्टार एकआपसमा भिड्ने भएका छन् । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै भिड्ने भएको छ ।

आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आउँदै छन् । बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् ।

एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अ वे, क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् ।

यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् । करीना कपूर खान को(स्टार रहेको फिल्ममा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवनयात्रा र बदलिँदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् । घोषित डेट सर्ने पक्षमा दुबै स्टार नभएपछि फिल्मको भिडन्त तय छ । दुबै फिल्म सामाजिक कथावस्तुमै निर्माण भएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ५९ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले