'लालसिंह चड्डा' सँग 'रक्षा बन्धन' को भिडन्त पक्का | Khabarhub Khabarhub

‘लालसिंह चड्डा’ सँग ‘रक्षा बन्धन’ को भिडन्त पक्का


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो अगस्ट ११ मा बलिउडका दुई ठूला स्टार एकआपसमा भिड्ने भएका छन् । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै भिड्ने भएको छ ।

आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आउँदै छन् । बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् ।

एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अ वे, क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् ।

यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् । करीना कपूर खान को(स्टार रहेको फिल्ममा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवनयात्रा र बदलिँदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् । घोषित डेट सर्ने पक्षमा दुबै स्टार नभएपछि फिल्मको भिडन्त तय छ । दुबै फिल्म सामाजिक कथावस्तुमै निर्माण भएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ५९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर