अक्षय कुमारको फिल्म हलमा नआउने « Khabarhub

अक्षय कुमारको फिल्म हलमा नआउने


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्ला फिल्महरु लगातार असफल छन् । बेल बटम , बच्चन पाण्डे , सम्राट पृथ्वीराज लगायतले लगानी उठाउन सकेनन् । फिल्मको कलेक्सन निकै कम्जोर अंकमा छ । उनी अभिनित फिल्महरु हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भए ।

यसैकारण हुन सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ ।

रञ्जित एम तिवारी निर्देशित मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ ।

यद्यपि पछिल्लो समय फिल्मलाई सिरिजको रुपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन् । पिंकभिल्लाको अनुसार फिल्मलाई वेब सिरिजको रुपमा पनि ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ ।

सिरिजको रुपमा ल्याउन अक्षयले अनुमति दिएका यसको दोस्रो सिजनमा समेत उनले अभिनय गर्नु पर्ने हुन्छ । फिल्मको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने फिल्मका सदस्यले पिंकभिल्लालाई बताएका छन् ।

यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ । तर , फिल्म वा सिरिज स्वरूप जुनै भएपनि फिल्म हलमा नभई ओटीटीमा आउने तय छ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका