चिनियाँ कम्पनीहरु युक्रेनमा जारी युद्धमा रुसलाई सहयोग गर्दै « Khabarhub

चिनियाँ कम्पनीहरु युक्रेनमा जारी युद्धमा रुसलाई सहयोग गर्दै


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनका कतिपय कम्पनीहरुले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको छ ।

अमेरिकाको उद्योग एवम् सुरक्षा ब्युरोले प्रतिवेदन सार्वजनिक गर्दै कतिपय चिनियाँ कम्पनी एवम् शोध एवम् अनुसन्धान प्रतिष्ठानहरुले युक्रेनमा जारी लडाईँमा चिनियाँ कम्पनीहरुले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको हो ।

अमेरिकाको व्यापार मन्त्रालयका अनुसार रुसलाई युक्रेनमा विभिन्न ९ मुलुकमा रहेका ३६ कम्पनीहरुले सहयोग गरिरहेको जनाएको हो । यीमध्ये ६ कम्पनीहरुले रुसी सेनालाई सहयोग गरिरहेको ब्यापार मन्त्रालय अन्तर्गतको उद्योग एवम् सुरक्षा ब्युरोले जनाएको छ ।

मन्त्रालयका अनुसार यीमध्ये पनि दुई चिनियाँ कम्पनीहरुले सन् २०१८ यता रुसी फौजलाई सहयोग गरेको वा सहयोग गरिरहेका छन् । यस्ता कम्पनीहरुलाई रुसलाई सहयोग पुग्ने गतिविधि नगर्न समेत अमेरिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७