विश्व इतिहासमा आजः इन्डोनेसिया स्वतन्त्र घोषणादेखि समलिङ्गी परेडमाथि प्रतिबन्धसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः इन्डोनेसिया स्वतन्त्र घोषणादेखि समलिङ्गी परेडमाथि प्रतिबन्धसम्म


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०७९ साल भदौ १ गते मंगलबार। सन् २०२२ को अगस्ट १७ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रममध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २०१२ अगस्ट १७ मा रुसको राजधानी मस्कोमा उच्च अदालतले समलिङ्गी परेड समारोहमाथि १०० वर्षको लागि प्रतिबन्ध लगायो।

– सन् २००८ अगस्ट १७ मा बेइजिङ ग्रीष्मकालीन ओलम्पिकमा अमेरिकी एथ्लिट माइकल फिलिप्सले आफ्नो आठौँ स्वर्ण पदक जित्न सफल भए। सो पदकसँगै फिलिप्सले एउटै ओलिम्पकमा अत्याधिक स्वर्ण जित्ने अमेरिकी पौडी खेलाडी मार्क स्पिट्जको कृतिमान तोडेका थिए।

– सन् १९९९ अगस्ट १७ मा टर्कीको इज्मिटमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पमा १७ हजार भन्दा बढि मानिसले ज्यान गुमाए भने ४५ हजार भन्दा बढि घाइते भए।

– सन् १९९८ अगस्ट १७ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले ह्वाइट हाउसका इन्टर्न मोनिका लेविन्स्कीसँग सम्बन्ध भएको स्वीकार गरेका थिए।

– सन् १९८८ अगस्ट १७ मा पाकिस्तानी राष्ट्रपति जिया–उल–हकको विमान दुर्घटनामा मृत्यु भएको थियो।
सन् १९८७ अगस्ट १७ मा ९३ वर्षीय पूर्व नाजी नेता रुडोल्फ हेज स्पन्दौ कारागारमा झुण्डिएका अवस्थामा भेटिएका थिए।

– सन् १९७८ अगस्ट १७ मा ‘डबल इगल आईआई’ नामक बलुनमा बेन अब्रुजो, मैक्सी एन्डरसन र ल्यारी न्यूम्यान ट्रान्सल्यान्टिक यात्रा पुरा गर्ने पहिलो टोली बने। मेनको प्रिक आइलदेखि पेरिसको एक जौ खेतसम्म पुग्न सो टोलीलाई ६ दिन लागेको थियो।

– सन् १९७० अगस्ट १७ मा सोभियत यूनियनले भेनेरा ७ प्रक्षेपण गरेको थियो। काजकिस्तानको बैकनुर कस्मड्रोमबाट प्रक्षेपण गरिएको भेनेरा ७ शुक्र ग्रहमा पुगेर पृथ्वी फर्कने पहिलो स्पेसक्राफ्ट बन्यो। सन् १९७० डिसेम्बरमा भेनेरा ७ शुक्र ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो।

– सन् १९९० अगस्ट १७ मा ग्याबोन फ्रान्सको शासनबाट स्वतन्त्रता पायो। सन् १८८५ मा फ्रान्सले ग्याबोन अतिक्रमण गरेको थियो। सन् १९१० मा ग्याबोनलाई ‘फ्रान्सेली इक्वेटोरियल अफ्रिका’ मा समावेश गरिएको थियो।

– सन् १९४५ अगस्ट १७ मा दोस्रो विश्व युद्धमा जापानको आत्मसमर्पण निश्चित गरेसँगै सुर्कानोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थियो।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ०३ बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार