‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय « Khabarhub

 ‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्म ‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा फिल्मको छायांकन सकेर नेपाल आएलगत्तै यसको निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदो १९ फागुनबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।

यो फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्बिरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म तयार भएको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । फिल्ममा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यसलगत्तै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन् ।

रोमान्टिक फिल्ममा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो फिल्म दर्शकका लागि प्रतीक्षामा रहने निश्चित छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : १९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल