जुम्लामा उत्पादन हुने तरकारी संकलन गरिँदै  « Khabarhub

 जुम्लामा उत्पादन हुने तरकारी संकलन गरिँदै 


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा उत्पादन हुने अग्यार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालीएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गोलभेडा  उत्पादन हुने गरेको छ। 

कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।

आलु खेती उत्पादन घट्दो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, ‘पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।’

पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्परागत प्रविधिमार्फत ४ क्विन्टल आलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकसुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित  छ । किसानले पाठशालामा रोग किराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागिता छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ४२ बजे

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न