विश्व इतिहासमा आजः सुर्कानोको इन्डोनेसिया स्वतन्त्र भएको घोषणादेखि समलिङ्गी परेडमाथि प्रतिबन्धसम्म « Khabarhub

विश्व इतिहासमा आजः सुर्कानोको इन्डोनेसिया स्वतन्त्र भएको घोषणादेखि समलिङ्गी परेडमाथि प्रतिबन्धसम्म


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ १ गते बुधबार । सन् २०२२ को अगस्ट १७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् । 

सन् २०१२ अगस्ट १७ मा रुसको राजधानी मस्कोमा उच्च अदालतले समलिङ्गी परेड समारोहमाथि १०० वर्षको लागि प्रतिबन्ध लगायो । 

सन् २००८ अगस्ट १७ मा बेजिङ ग्रीष्मकालीन ओलम्पिकमा अमेरिकी एथ्लिट माइकल फिलिप्सले आफ्नो आठौँ स्वर्ण पदक जित्न सफल भए । सो पदकसँगै फिलिप्सले एउटै ओलिम्पकमा अत्याधिक स्वर्ण जित्ने अमेरिकी पौडी खेलाडी मार्क स्पिट्जको कृतिमान तोडेका थिए ।

सन् १९९९ अगस्ट १७ मा टर्कीको इज्मिटमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पमा १७ हजार भन्दा बढि मानिसले ज्यान गुमाए भने ४५ हजार भन्दा बढि घाइते भए । 

सन् १९९८ अगस्ट १७ मा अमेरिकी राष्ट्रपति क्लिन्टनले ह्वाइट हाउसका इन्टर्न मोनिका लेविन्स्कीसँग सम्बन्ध भएको स्वीकार गरेका थिए । 

सन् १९८८ अगस्ट १७ मा पाकिस्तानी राष्ट्रपति जिया–उल–हकको विमान दुर्घटनामा मृत्यु भएको थियो । सो दुर्घटना प्रपञ्च हत्या भएको अनुमान गरिएको थियो ।

सन् १९८७ अगस्ट १७ मा ९३ वर्षीय पूर्व नाजी नेता रुडोल्फ हेज स्पन्दौ कारागारमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।   

सन् १९७८ अगस्ट १७ मा ‘डबल इगल 11 नामक बलुनमा बेन अब्रुजो, मैक्सी एन्डरसन र ल्यारी न्यूम्यान ट्रान्सल्यान्टिक यात्रा पुरा गर्ने पहिलो टोली बने । मेनको प्रिक आइल देखि पेरिसको एक जौ खेतसम्म पुग्न सो टोलीलाई ६ दिन लागेको थियो । 

सन् १९७० अगस्ट १७ मा सोभियत यूनियनले भेनेरा ७ प्रक्षपण गरेको थियो । काजकिस्तानको बैकनुर कस्मड्रोमबाट प्रक्षेपण गरिएको भेनेरा ७ शुक्र ग्रहमा पुगेर पृथ्वी फर्कने पहिलो स्पेसक्राफ्ट बन्यो । सन् १९७० डिसेम्बरमा भेनेरा ७ शुक्र ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो । 

सन् १९९० अगस्ट १७ मा ग्याबोन फ्रान्सको शासनबाट स्वतन्त्रता पायो । सन् १८८५ मा फ्रान्सले ग्याबोन अतिक्रमण गरेको थियो । सन् १९१० मा ग्याबोनलाई ‘फ्रान्सेली इक्वेटोरियल अफ्रिका’ मा समावेश गरिएको थियो । 

सन् १९४५ अगस्ट १७ मा दोस्रो विश्व युद्धमा जापानको आत्मसमर्पण निश्चित गरेसँगै सुर्कानोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थियो । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ५० बजे

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न