तीन हजार २४ मुद्दा फर्छौट  | Khabarhub Khabarhub

तीन हजार २४ मुद्दा फर्छौट 


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको छ ।

गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । अदालतले सरल ८२६, सामान्य एक हजार ५८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको एक हजार ९७८ फर्छौट हुन बाँकी रहेको अदालतमा २६२ थान मुद्दा मुलतबी रहेको उनले  बताए ।

अदालतमा कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले ३९८, दिनेशप्रसाद यादवले १४५, कृष्णकमल अधिकारीले  ५६९, रामबहादुर थापाले १०७, राजनप्रसाद भट्टराईले ५६१, मुरारीबाबु श्रेष्ठले ६३५, मिलनकुमार राईले ६७२, किरणकुमारी गुप्ताले ५६२, जगतनारायण प्रधानले ४६७, तिलप्रसाद श्रेष्ठले ७३२, प्रेमराज ढकालले ३६६, यमुना भट्टराईले  ३८८ र तेजनराययण सिंह राईले ४२२ थान मुद्दा फर्छौट गरेका छन् । चालु आर्थिक वर्षमा तीन हजार ३३६ थान मुद्दा फर्छौट गर्ने लक्ष्य लिएको अदालतले सो अवधिमा जिम्मेवारी सरेर आएका एक हजार ९७८ मा नयाँ तीन हजार ३१६ मुद्दा दर्ता हुने र चालु आर्थिक वर्षको साउन महिनामा १८६ थान मुद्दा फर्छौट भएको रजिष्ट्रार थपलियाले जानकारी दिए ।

मुख्यन्यायाधीशविहीन रहेको अदालतमा करिब छ महिनादेखि कामु मुख्य न्यायाधीशमार्फत काम चलिरहेको छ । अदालतमा प्रदेश नं १ सरकारले रु १० लाख लागतमा सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण गरेको छ । कामु मुख्य न्यायाधीश थारूले अदालतले सकेसम्म आफ्ना लक्ष्यलाई पूरा गर्ने गरी काम गरिरहेको जानकारी दिए । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : ०२ बजे

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स