सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्छु : वनमन्त्री यादव « Khabarhub

सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्छु : वनमन्त्री यादव


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफल गर्ने क्रममा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगीलाई प्रोत्साहन गर्न उनीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका हुन् ।

‘उद्योगीहरूलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तपाईंहरूलाई परेका समस्याहरूको समाधानका लागि वन मन्त्रालय सकारात्मक छ । हामीबाट हुने कामहरू हामी गर्छौँ र अन्य मन्त्रालयसँग पनि समन्वय र समाधानका लागि पहल गर्नेछौँ,’ उनले भने ।

भेटघाटका क्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधानहरूका कारण सिमेन्ट उद्योग संकटमा परेको जानकारी गराएका थिए ।

उनले प्रावधानहरू संशोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने बताउँदै प्रावधानहरूलाई संशोधन गरेर नेपालको सिमेन्ट उद्योगलाई संकटबाट बाहिर निकाल्न आग्रह गरे ।

जवाफमा उद्योगीहरूले उठाएको मागप्रति आफू गम्भीर भएको र जायज मागलाई नियमावली संशोधन गरेर भए पनि सम्बोधन गर्ने मन्त्री यादवले बताए । मन्त्री यादवले नियमावलीमा रहेका बाधा व्यवधानहरूलाई आवश्यक संशोधन गर्नका लागि अध्ययन गर्न एउटा विज्ञहरूको टोली गठन गर्न निर्देशनसमेत दिए ।

टोलीले सात दिन भित्र उद्योगी, व्यवसायी र त्यस क्षेत्रका प्राविधिक जानकारहरूसँग छलफल गरी आवश्यक अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनको आधारमा नियमावलीका प्रावधानहरू सच्चाएर उद्योगीहरूको जायज मागलाई पूरा गरिने उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ४० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी