नेप्से झिनो अङ्कले ओरालो « Khabarhub

नेप्से झिनो अङ्कले ओरालो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलव ७० मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ६७ मा पुगेको छ । कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर रु एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ तीन दशमलव ७५, व्यापार तीन दशमलव ८४, होटेल तथा पर्यटन शून्य दशमलव १८, अन्य तीन दशमलव ४२, जीवन बीमा ४५ दशमलव ३३ र लगानी शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै, विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त सात दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव शून्य आठ, उत्पादन दुई दशमलव ५२, लघुवित्त तीन दशमलव शून्य नौ, सामूहिक लगानी कोष शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ बराबर छ ।

कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ४३ लाख ११ हजार  आठ सय ९८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु छ करोड ९० लाख ५० हजार दुई सय २९, नबिल बैंक रु चार करोड २६ लाख ६५ हजार ७९, आइसिएफसी फाइनान्स रु तीन करोड ६५ लाख ५६ हजार तीन सय ३७ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ३३ लाख १४ हजार एक सय ४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन् । श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर नौ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै, सामलिङ पावर कम्पनी पाँच दशमलव १४, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव शून्य पाँच, सिङ्गटी हाइड्रोपावर तीन दशमलव ६४, सबैको लघुवित्त तीन दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले दुई दशमलव २३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : १७ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत